२५ असार २०८३, बिहीबार
,
Latest
नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले मधेस प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौं । भवन निर्माणमा अनियमितताको आरोपमा सत्तारुढ दल नेकपा एमाले मधेस प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सांसद ठाकुरसहित १७ जनालाई प्रतिवादी बनाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पतीको हिनामिना, हानी नोक्शानी गरी भ्रष्टाचार गरेको आरोपसहित मधेस प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुर, औरही गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष, व्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मिरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर लगायत १७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत औरही गाउँपालिकाको देउरीपरवाहमा १५ शैय्याको अस्पताल निर्माणमा अनियमितता भएको आरोप आरोपपत्रमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पतीको हिनामिना, हानी नोक्शानी गरी भ्रष्टाचार गरेको आरोपसहित मधेस प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुर, औरही गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष, व्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मिरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर लगायत १७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसमा आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत औरही गाउँपालिकाको देउरीपरवाहमा १५ शैय्याको अस्पताल निर्माणमा अनियमितता भएको आरोप आरोपपत्रमा देखिन्छ । यसमा प्रतिवादीहरुलाई ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ ९८ पैसा बिगो कायम गरिएको छ ।’

उहाँले प्रतिवादीहरुलाई ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ ९८ पैसा बिगो कायम गरिएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल