२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति रनिङ शिल्ड: संगीता र प्रवीणलाई जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण



अ+ अ-

सुदूरपश्चिम प्रदेशकी संगीता विक र वागमती प्रदेशका प्रवीण रानामगरले १५ औं राष्ट्रपति रनिङ केन्द्रिय खेलकुदको एथलेटिक्समा बुधवार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवारदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्डमा संगीताले छात्रा चार सय मिटर र प्रवीणले छात्र एक सय मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जितेका हुन् । यी दुईले कीर्तिमानवापत १० हजार र स्वर्ण पदकको पाँच हजार गरी कुल १५ हजार रूपैयाँ नगद पुरस्कार पाए ।

संगीताले निर्धारित दूरी एक मिनेट १.१९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । संगीताले २०७६ सालमा अरुणा रिजालको नाममा रहेको एक मिनेट १.३० सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन् । वागमतीकी अनिशा थारुले रजत र कर्णालीकी कृष्णा रानाले काँस्य जिते । प्रवीणले भने निर्धारित दूरी १०.७६ सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते । यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेण्डको कीर्तिमान थियो । उनले त्यो कीर्तिमान २०७० सालमा बनाएका थिए । कोशी प्रदेशका सुजन मण्डलले रजत तथा लुम्बिनी प्रदेशका शुभम बमरेलले काँस्य पदक जिते ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको रनिङ शिल्डअन्तर्गत एथलेटिक्समा कुल २६ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भइरहेको छ । छात्रा एक सय मिटर दौडमा वागमतीकी दिना गोपालीले स्वर्ण जितिन् । उनले १२.८१ सेकेण्ड समय लगाइन् । लुम्बिनीकी आरुशी भट्टराईले रजत र गण्डकी प्रदेशकी अनुष्का अधिकारीले काँस्य पदक जितिन् । छात्र चार सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण पदक जिते । उनले निर्धारित दूरी पूरा गर्न ५१.८९ सेकेन्ड समय खर्चे । गण्डकीका प्रकाश महतोले रजत र सुदूरपश्चिमका विक्रम विष्टले कांस्य पदक प्राप्त गरे ।

त्यस्तै छात्र हाइजम्पमा बागमतीका अविनाश सुनारले स्वर्ण पदक जिते । उनले १.६८ मिटर जम्प गरे । सुदूरपश्चिमका उज्ज्वलकुमार विकले रजत र गण्डकीका विवेक महतोले काँस्य पदक जिते । यसै स्पर्धाको छात्रामा १.३८ मिटर उचाइ जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरीले स्वर्ण जितिन् । गण्डकीकी सविता खातुन मियाले रजत र कर्णालीकी हीरा बुढाले काँस्य पदक जिते।

सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरीले स्वर्ण जिते । उनले १३.६१ मिटर टाढा फ्याले । लुम्बिनीका राजन भण्डारीले रजत र कर्णालीका केशव विकले काँस्य पदक प्राप्त गरे । उक्त स्पर्धाको छात्रामा वागमतीकी एलिना विकले स्वर्ण जितिन् । एलिनाले ८.६९ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले काँस्य जिते । छात्रा एक हजार पाँच सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारीले स्वर्ण पदक जितिन् । नारायणीले पाँच मिनेट ३.९ सेकेण्डमा दूरी तय गरिन् । वागमतीकी भगवती खड्काले र सुदूरपश्चिमकी देवकी धामीले कांस्य पदक जिते ।