२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेक एण्ड पे प्रावधान सच्याइनेछः मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको टेक एण्ड पे प्रावधान सच्याइने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा टेक एण्ड पे, टेक अर पे का विषयले चर्चा पाएको बताउँदै उर्जामन्त्री खड्काले यो बुझेर वा नबुझेर वा गल्तीले जुनसुकै कारणले आएको भएपनि सच्याइने बताउनु भयो । त्यसका लागि उर्जा मन्त्रालयले निर्णय गरेर अर्थमन्त्रालय पठाइसकेको जानकारी दिनुभयो ।

लक्ष्य एकतिर र काम अर्कोतिर हुन नसक्ने उहाँको भनाइ छ । लक्ष्य पहिल्याउनका लागि प्रशस्त मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । आगामी आर्थिक वर्षको बजेटमा आएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाको ‘टेक एण्ड पे’ (लिएपछि मात्रै तिर) प्रावधानअनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणाका विरुद्ध ऊर्जा उत्पादकहरुले असन्तोष व्यक्त गर्दै आएका छन् ।

मन्त्री खड्काले भन्नुभयो, ‘यसबीचमा पनि टेक एण्ड पे, टेक अर पे का विषयले केही चर्चा पाएकै छ । त्यसमा पनि मैले पटक पटक भनिसकेको छु, अनुरोध गरिसकेको छु, यो बुझेर वा नबुझेर वा गल्तीले जेसुकै भएपनि यो सँच्चिन्छ र मन्त्रालयले निर्णय गरेर अर्थमन्त्रालय पठाइसकेको छ । किनभने लक्ष्य एकतिर हामी अर्कातिर हिँड्न सक्दैनौँ । लक्ष्य पहिल्याउनका लागि प्रशस्त मेहनत गर्नुपर्नेछ ।’

मन्त्री खड्काले अबका १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्नसके खपत हुनेकुराको सुनिश्चितता गरिएको बताउनु भयो । त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।