१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा विद्यालय शिक्षा छाड्ने दरमा ९९ प्रतिशतले कमी आयो



अ+ अ-

बेइजिङ । चीनमा विद्यालय शिक्षा छाड्ने दरमा राष्ट्रव्यापी रुपमा झण्डै ९९ प्रतिशतले कमी आएको छ । चीनमा नौ वर्षको अनिवार्य स्कुल शिक्षा प्रणाली छ । 

चीनको शिक्षा मन्त्रालयका अनुसार सन् २०१९ को शुरुमा करिब छ लाखले विद्यालय शिक्षा छाडेका थिए भने यसवर्षको जुन १४ सम्ममा ६ हजार ७८१ जनाले मात्र विद्यालय शिक्षा परित्याग गरेका छन् । 

मन्त्रालयले तयार पारेको अनिवार्य विद्यालय शिक्षाको प्रावधानको कार्यान्वयनमा कडाई गरेपछि विद्यालय छाड्ने दरमा कमी आएको बताइएको छ । चीनमा अहिले शारीरिक कठिनाईका कारण विद्यालयमा उपस्थित हुन नसक्ने बाहेक अरु सबैलाई विद्यालय शिक्षामा अनिवार्य समेटिने गरिएको मन्त्रालयको भनाई छ ।

नवौं वर्षको शिक्षा पूरा गर्ने विद्यार्थीको दरलाई पनि सन् २०२० को अन्त्यसम्ममा ९५ प्रतिशत पु¥याउने मन्त्रालयले जनाएको छ । चीन सरकारले गरिब परिवारका बालबालिकालाई अनिवार्य शिक्षामा समाहित गर्न विशेष पहल र कार्यक्रम शुरु गरेकै कारण विद्यालय छाड्ने दरमा कमी आएको हो ।

कोरोनाभाइरस समेतका महामारीका कारणबाट विद्यालय छाड्न नपर्ने वातावरण पनि तयार पारिएको शिक्षा मन्त्रालयले बताएको छ । रोजगारीका लागि पढाई छाड्ने विद्यार्थीहरुका निम्ति पुनः विद्यालय शिक्षामा समावेश गर्न तथा बालश्रमका लागि बालबालिका लैजाने गिरोहलाई कडा कारबाही गर्न सरकारले नयाँ निर्देशिका समेत जारी गरेको छ ।




भर्खरै