१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

दहीसँग भुलेर पनि नखाऔँ यी चिज



अ+ अ-

काठमाडौं । दहीको खपत गर्मी मौसममा निकै बढ्छ । शीतल स्वभावको भएकाले दही तथा दहीबाट बनाइने मट्ठा, मोही आदिलाई गर्मी मौसममा निकै रुचाइन्छ । दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ तर यसलाई केही चिजसँग मिसाउनु हुँदैन अन्यथा फाइदाको साटो नोक्सान हुनसक्छ ।

यस्ता चिजहरूका साथ दही खाँदा शरीरमा टक्सिन बन्न थाल्छ ।फलस्वरूप वाकवाकी तथा उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । दही स्वास्थ्यका लागि निकै राम्रो खाद्य पदार्थ हो, यसमा प्रशस्त मात्रामा क्याल्सियम तथा ल्याटिक एसिड पाइन्छ ।

उचित ढंगले दहीको सेवन गर्ने हो भने पाचन प्रणाली सुधार्नका लागि यसको अर्को विकल्प छैन भने पनि हुन्छ । तर दहीलाई निम्नलिखित चिजहरूसँग मिसाएर खाएमा भने स्वास्थ्यसमस्या उत्पन्न हुन सकिन्छः

आँप र दही : गर्मी फलको राजा मानिने आँपको पनि सिजन हो । भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन किनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ । दही शीतकारक हुन्छ भने आँपले गर्मी गराउँछ तसर्थ एकसाथ सेवन गर्दा शरीरमा टक्सिन निर्माण हुनसक्छ ।

चीज र दही : आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकैपटक खाँदा शरीरमा नकारात्मक असर गर्छ।

इडली डोसासँग दही : यो परिकार नेपालको होइन तथापि कतिपय भारतीय तथा नेपाली रेष्टुराँहरूले यो परिकार सर्भ गर्छन् । इडली बनाउँदा दही मिसाइएको त हुन्छ तर पनि यसमा दही थपेर खाँदा स्वास्थ्यमा विगार गर्नसक्छ ।

केरा र दही : हामीकहाँ दहीको नाम लिनेबित्तिकै केराको नाम पनि आइहाल्छ । दही र केरा मिसाएर खुबै खाइन्छ पनि । यसपछि धेरैले पेट चस्किएको गुनासो पनि गर्छन् । तर दही र केरालाई एकसाथ सेवन गर्नु राम्रो मानिँदैन । खानै परे पनि २ घन्टाको फरक पारेर मात्र खानुपर्छ ।

मासको दालसँग दही : मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरेसरह हो । भुलेर पनि यिनलाई एकसाथ खानुहुँदैन ।




भर्खरै