१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिलाम्य सडक-गाउँगाउँबीच सम्पर्क विच्छेद



अ+ अ-

वीरगञ्ज । मनसुन सक्रिय भएपछि परेको वर्षाका कारण पर्साको ग्रामीण भेगका सडक हिलाम्य भएपछि एक गाउँदेखि अर्को गाउँबीच सडक सम्पर्क विच्छेद भएको छ । 
वर्षामा हुने असारे विकासको कारण पश्चिमी पर्साको थरुहट, पोखरीय लङ्गडी, हुलाकीखण्डलगायतका सडकमा माटो खसालेकाले एक वडाबाट अर्को वडासम्म्को सम्पर्क विच्छेद भएको, सडक जीर्ण तथा हिलाम्य रहेकोले यस्तो अवस्था आएको ठोरी गाउँपालिकाका वीरबहादुर श्रेष्ठले बताउनुभयो । 

सडक डिभिजन कार्यालय तथा ठेकेदारको लापरवाहीले वर्षा याममा ती सडकमा माटो खसालेपछि बिग्रेका कच्ची सडकमा साना सवारीसाधन जान नसकेकोले वडा वडाबीच सम्पर्क विच्छेद भएको छ । पर्साकै छिपहरमाई गाउँपालिका, धोविनी, सखुवा प्रसौनी, पटेर्वा सुगौली, जगरनाथपुर, जिराभावानीलगायतका गाउँपालिकामा सडक बिग्रेकाले स्थानीयवासी एक वडाबाट अर्को वडासम्म जान सक्ने अवस्था नरहेको स्थानीय किसान विजय पण्डितको गुनासो छ । 

सदरमुकाम वीरगञ्जलाई पर्साको ग्रामीण क्षेत्रसम्म जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको जनता सडक पनि जीर्ण तथा हिलाम्य भएपछि पटेर्वासुगौलीको सुगौली देउकी तथा धर्मपुर गाउँको पनि अवस्था यस्तै रहेको स्थानीयवासीको भनाइ छ । 




भर्खरै