१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा धान उत्पादन बढ्छः विज्ञ



अ+ अ-

कास्की । धान विज्ञले यस वर्ष कास्कीमा धान उत्पादन वृद्धि हुने अनुमान गरेका छन्  । अनुकूल मौसमका कारण अघिल्ला वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताउनुभयो । 

“यस वर्र्ष कास्कीमा धान राम्रो उत्पादन हुने सङ्केत देखिएको छ,  क्षेत्रफलको हिसाबले पनि यस वर्ष उत्पादन वृद्धि हुन्छ ।” उहाँका अनुसार गत वर्ष कास्कीमा २५ हजार ६ सय हेक्टरमा धान खेती भएको र ९५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष अन्य कुनै समस्या धान उत्पादनमा देखिएन भने क्षेत्रफलका हिसाबले एक लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको छ ।  कास्कीमा मुख्य जेठोबूढो, रामधान, खुमल ४, खुमल ११, सावित्री, स्थानीय मन्सुलीलगायत मुख्य प्रजातिको धान लगाइन्छ ।  जेठोबूढो भने ४० प्रतिशत लगाइन्छ । सयभन्दा बढी उपप्रजातिका धान कास्कीमा लगाइने गरेको उहाँको भनाइ छ । 

अहिले कृषि क्षेत्रमा चुनौती देखिएको सलहका बारेमा उहाँले भन्नुभयो,  “नेपाल आएको सलहको युनिटले त्यति नोक्सान गर्ने देखिँदैन, यो ‘डाइभर्ट’ भइसक्यो, पाँचदेखि सात लाखसम्म सलह आएको अनुमान छ । यो युनिटको सलहले अण्डा पारेर बच्चा निकाल्ने सम्भावना न्यून हुन जान्छ, त्यसैले पनि यसको ठूलो क्षति ब्योहोर्नु नपर्ला ।” 

कास्कीको धानबाली  अनुसन्धाता भानु पराजुलीका अनुसार  कास्कीमा सन् १५०० देखि धान खेती  हुँदै आएको छ । समुद्रफीँज नामक जात कास्कीमा सबैभन्दा पहिले लगाइएको धान हो । त्यसैगरी नेपालमा खेती  गरिने धान एक औराइजा साटिभा एकवर्षीय बिरुवा हो । कास्कीमा दुई हजार ३५० मिटरको  उचाइ छोमरुङमा पनि धान खेती हुन्छ । पराजुलीले प्राचीन धर्म ग्रन्थ ऋग्वेदमा समेत शाली धान्या, व्रीही धान्या, शुक धान्या, शिम्वी धान्या र क्षुद्र धान्यामा बाँडेर उल्लेख गरिएको बताउनुभयो । 

लेखनाथको वेगनासमा मात्र ७४ उपप्रजातिको धान कृषकले लगाउने गरेका छन् । पराजुलीले यस वर्ष अन्य कुनै प्रकोप नभए धान उत्पादन राम्रै हुने बताउनुभयो । “अहिले मौसम राम्रो छ, कोरोनाका कारण धेरैले कृषि कर्ममा ध्यान दिएका छन् । सलह सानो युनिटमा भएकाले ठूलो असर गर्ने देखिँदैन, उत्पादन हुने बेलामा कुनै त्यस्तो समस्या देखिएन भने राम्रो हुन्छ ।”

पोखरा –२३ ठूलाखेतका कृषक कलाधर भण्डारी आठ रोपनी जग्गामा जेठोबूढो धान रोप्दै आएको र बेलाबेला समस्या देखिँदै आएको बताउनुहुन्छ । “मैले लामो समयदेखि जेठोबूढो धान रोप्दै र यसको बीउ वितरण गर्दै आएको छु, कहिलेकाहीँ धान फुल्ने, कीराले खाने र  आधा बाला झुल्ने गर्छ, कहिले भने निकै राम्रो फल्ने गरेको छ ।” उहाँले ठूलाखेत कृषि समूहमार्फत २० ÷२५ रोपनीमा जेठोबूढो धानको उत्पादन गरेर बिक्रीवितरण हुँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रति केजी धानको बीउ रु १७० मा बिक्री हुँदै आएको छ  । 

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरा महानगरमा ११ हजार दुई सय हेक्टर जमीमा धान रोपिने र करीब ४० प्रतिशत पोखरेली जेठोबूढो रोपिने गरेको जानकारी दिनुभयो । मगमग बास्ना आउने जेठोबूढोे धान पछिल्लो समय उत्पादन घट्दै गएको उहाँको भनाइ छ । “जेठोबूढो कम फल्ने, बास्ना पनि कम आउन थालेपछि कृषकहरु बढी उत्पादन हुने धानतर्फ आकर्षित हुँदै गएका छन् ।”  उहाँले महानगरले पोखरेली धान जोगाउन र  उत्पादन वृद्धि गर्न अध्ययनअनुसन्धानपछि कृषकलाई अनुदान दिइरहेको बताउनुभयो  । 




भर्खरै