१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिगत सुरक्षा सामग्री वितरण



अ+ अ-

काठमाडौं । स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइमा कार्यरत श्रमिक कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा कवच(पिपिई) प्रदान गरिएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवधन केन्द्र (सिफेड) ले एशिया मोनिटर रिसोर्स सेन्टरको सहयोगमा ललितपुरस्थित किष्ट टिचिङ अस्पताल,  पाटन अस्पताल र सर्बाङ अस्पतालका ३२ जना श्रमिक कर्मचारीलाई पिपिई हस्तान्तरण गरेको हो ।

कोभिडको सङ्क्रमणबाट खासगरी स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइमा कार्यरत कर्मचारी, श्रमिक बढी जोखिममा रहने भएकाले स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको सिफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताउनुभयो । अमेरिका, नर्वे, जापान, कोरिया, मलेसिया, फिलिफन्स आदि देशले कोभिड­१९ महामारीलाई व्यावसायजन्य रोग वा कार्यस्थलमा लाग्ने रोगको रुपमा पहिचान गरी आवश्यक क्षतिपूर्तिको व्यवस्था गरिसकेको अवस्थामा नेपालमा पनि खासगरी अग्रपङ्तिका अति आवश्यकीय सेवामा कार्यरत, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइ कर्मचारीहरु कोभिडको कारण विरामी भएका वा विरामी भई उचपाररत रहेका वा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था हुनपर्नेमा उहाँले जोड दिनुभयो । 

श्रमीकहरुलाई व्यावसायजन्य सुरक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी रोजगारदाता कम्पनी तथा निकायहरुको हुने श्रम ऐन २०७४ एवं श्रम नियमावली २०७५ मा व्यवस्था रहेपनि अहिले कोभिडको महामारीको बेला अधिकांश निकायहरुले व्यक्तिगत सुरक्षा कवचको प्रबन्ध गर्न सकेका छैनन् । बन्दाबन्दीको सहजतासँगै काममा फर्किदै गर्दा अपनाउनुपर्ने सम्पूर्ण पूर्व सावधानीहरु जस्तै आवश्यक सुरक्षा कवच, स्यानिटाइजर, सामाजिक एवं भौतिक दूरीको कडाइका साथ पालनासागै कार्यस्थललाई निसङ्क्रमित र सरसफाइ गर्ने र यान्त्रिक उपकरण एवं औजारहरुको पूर्ण परीक्षण गर्न गराउन जरुरी हुन्छ ।




भर्खरै