१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधीन घरमा युवक मृत भेटिए



symbolic picture
अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले राससलाई जानकारी दिए । घटनाका बारेमा थप अध्ययन भइरहेको छ । स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई रु ८० लाखमा ठेक्का दिनुभएको थियो । राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताए । बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे । 

शनिबार बेलुकीसम्म राई ओहोरदोहोर गरिरहेका थिए । आइतबार एक्कासि भुण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताए । हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार्फत चार महिनाअघि धीरज घर निर्माणस्थलमा आइपुगेको पनि उनले बताए । निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने राई आफन्त नभएको र कोठासमेत नलिएकाले निर्माण सामग्री कुरेर बस्ने गरेका थिए । 

मृतक राईको घरमा सम्पर्क गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्दाबन्दी शुरु भएपछि आत्महत्या गर्नेको सङ्ख्या यस क्षेत्रमा पनि बढेको जनाइएको छ ।




भर्खरै