२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारपछि रचना रिमाल डिस्चार्ज



अ+ अ-

न्यूजपोलार ए.आई.

  • गायिका रचना रिमाल डिस्चार्ज
  • पुर्व निर्धारित सम्पुर्ण कार्यहरु केहि समयलाई थाती
  • चिकित्सकहरुको निरन्तर निगरानीमा ह्याम्स हस्पिटलमा भर्ना भै ५ दिन उपचार गर्दा स्वास्थ्यमा केहि सुधार देखिएको छ

काठमाडौं । गायिका रचना रिमाल डिस्चार्ज भएकी छन् ।

सांगीतिक प्रस्तुति दिन रुकुम पश्चिम जाने क्रममा उनी बिरामी भएकी रचनाको आन्द्राको संक्रमण भएपछि राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेकी थिईन ।

शनिबार डिस्चार्ज भएकी रचना घरमै आराम गरिरहेकी छन् । आफ्नो स्वास्थ्य अवस्थाबारे एक तस्वीरसहित जानकारी दिदै रचनाले चिकित्सकको सल्लाहअनुसार अहिले घरमा आराम गरिरहेको र स्वास्थ्य लाभ गरिरहेको जनाएकी छिन् ।

उनले लेखेकीछिन् –

नमस्कार

म जेष्ठ २६ गते दिउँसो सांगीतिक कार्यक्रमको लागि रुकुम पुगेकी थिए । जेष्ठ २७ गतेको लागि सांगीतिक कार्यक्रम तय भएको थियो । राति खाना खाई सुते पश्चात् बिहान १ बजेबाट अचानक पेटमा अत्याधिक दुखाईको महशुस भयो जुन निरन्तर ३/ ४ घण्टासम्म जारी रहयो।

मैले आयोजकको दादाहरुलाई खबर गरे र हामी उपचारको लागि चौरजारी अस्पताल गयौँ । त्यहाँ विभिन्न परिक्षण पश्चात् चिकित्सको आग्रह अनुसार सकेको छिटो एपेन्डिक्सको अपरेशन गर्नुपर्छ भन्ने सल्लाह भयो । त्यसपछि म अन्यौलमा परे । रातिदेखिको त्यो पीडा, नयाँ ठाउँ , एक्कासि त्यो अवस्थाले म त्यो केहि सोच्न सक्ने अवस्थामा थिईन ।

त्यसपछि मेरो आफन्तहरुले हेलिकप्टरबाट काठमाडौं ल्याएर नै उपचार गर्ने भनेर हेलिकप्टरको खोजी थालियो । नीजि हेलिकप्टरहरु काठमाडौंबाट नै रुकुम पुगेर ल्याउनुपर्ने देखेपछि सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टरबाट भए छिटो र नजिक हुने देखिए पछि सेनाको हेलिकप्टर व्यस्थाको लागि प्रक्रिया थालियो र केहि समयमा स-शुल्क सेनाको हेलिकप्टरको व्यवस्थापन भयो ।

यसको लागि माननीय रक्षा मन्त्री मानबहादुर राई, माननीय महेश वर्तौला र नेपाली सेनाका प्रधानसेनापतिज्यूले गरिदिनुभएको सहजिकरणको लागि सदैव ऋणी छु ।

रुकुमबाट सेनाको हेलिकप्टरबाट नेपालगंज विमान्स्थलसम्म ल्याईएपछि बुद्द एयरको जहाज मार्फत तत्काल काठमाडौं ल्याईयो ।

एयरपोर्टबाट ह्याम्स हस्पिटलको एम्बुलेन्सबाट इमरजेन्सीमा भर्ना गरी उपचार थालियो र रुकुमको चौरजाहरी अस्पतालमा शंका गरिएको जस्तो एपेन्डिक्सको समस्या नभै अन्य आन्द्राको संक्रमण भएको पुष्टि भयो ।

त्यस पश्चात् चिकित्सकहरुको निरन्तर निगरानीमा ह्याम्स हस्पिटलमा भर्ना भै ५ दिन उपचार गर्दा स्वास्थ्यमा केहि सुधार देखिएको छ र हिजो साँझ हस्पिटलबाट डिस्चार्ज समेत भैसकेको छु । चौरजहारि अस्पतालदेखि ह्याम्स हस्पिटल सम्म स्वास्थ्य सेवामा खट्नुहुने सम्पुर्ण चिकित्सक टोलीलाई धेरै भन्दा धेरै धन्यवाद ।

विशेष गरि ह्याम्स अस्पतालमा उपचारको लागि सहजीकरण गर्नुहुने वरिष्ठ चिकित्सक डा। भोला रिजाल , उपचारमा खटिनुहुने डा। अनुज पराजुली , डा। दिवेश श्रेष्ठलाई विशेष धन्यवाद ।

साथै यो कठिन समयमा स्वास्थ्यको बारेमा चासो राख्नुहुने , अस्पतालमा उपस्थित भै प्रत्यक्ष भेटेर र विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद ।

हाल चिकित्सकको सल्लाह अनुसार घरमै आराम र थप स्वास्थ्य लाभ गरिरकेकी जानकारी गराउँदै हाललाई पुर्व निर्धारित सम्पुर्ण कार्यहरु केहि समयलाई थाती राख्दै छिटोभन्दा छिटो पुर्ण स्वास्थ्य लाभ सहित हजुरहरुमाझ प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।




भर्खरै