१७ असार २०८३, बुधबार
,
Latest
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानुन र संरचना बनाउन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार बस्ने, पुस महिनामा स्थानीय तहको महाधिवेशन गर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदधाधिकारी बैठकले १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक असार १६ गते मंगलबार दिउसो १ बजे बोलाउने निर्णय भएको कांग्रेस नेता रमेश लेखकले बताउनु भयो । पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भएको थियो । नेता लेखकका अनुसार असार मसान्त सम्म समायोजनको काम सक्ने, साउन मसान्तमा क्रियाशिल सदस्यता वितरण गर्ने, त्यसपछि उजुरी लिने र मंसिरमा सबै काम सकेर पुस महिनामा स्थानीय तहको महाधिवेशन गर्ने विषयमा मोटामोटी छलफल भएको बताउनुभयो ।  

कांग्रेसले यस अघि १४ औं महाधिवेशन आउँदो फागुन ७ गतेदेखि १० गते सम्मगर्ने निर्णय गरेको थियो । तर कोरोना भाइरसको कारण संक्रमण फैलिदै गएपछि महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको थियो । कोरोनाका कारण लकडाउन भएपछि कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सबै अनिश्चितकालका लागि स्थगित गरेको थियो । कांग्रेस नेता प्रकाशसरण महतले महाधिवेशन कार्यतालिकाला हेरफेर गर्ने नगर्ने विषयमा केन्द्रीय समितिले नै निर्णय गर्ने बताउनुभयो । उहाँले महाधिवेशनको अन्तिम मिति फागुन ७ नै राख्ने र त्यस अघि हुने क्रियाशिल सदस्यता तथा नवीकरणका कामको तालिका परिवर्तन गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।