१७ असार २०८३, बुधबार
,
Latest
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानुन र संरचना बनाउन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाबाट बाहिर जानका लागि नयाँ सवारी पासको व्यवस्था



अ+ अ-

काठमाडौं । उपत्यका बाहिर जानेलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ।

अबदेखि निवेदकले सवारी पास पाउन कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्नेछ।

ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ। जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ।

निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ।

उक्त ढाँचा कुनै स्टेशनरी पसलबाट प्रिन्ट गरी बेच्नु परेमा ५ रूपैंयाँभन्दा बढी नलिन पनि कार्यालयले आग्रह गरेको छ।

निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ।

यस्तो छ सवारी पासको लागि आवेदनको ढाँचा