१७ असार २०८३, बुधबार
,
Latest
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानुन र संरचना बनाउन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन आइपुग्यो सलह, कीराका सानो झुण्ड वनतर्फ गयो



अ+ अ-

चितवन । पूर्वी चितवनको कालिका  र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो । उहाँका अनुसार कालिकाका स्थानीयवासीले आज बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो कीराका सानो झुण्ड वनतर्फ गएको छ ।

सो क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र सो नगरपालिकाका कृषि प्राविधिकहरुले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । यसैगरी शनिबार साँझ खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी स्थानीय कृषि प्राविधिकहरुले गराएको उहाँले बताउनुभयो ।

उहाँले जिल्लामा कहीँ देखिएमा तत्काल खबर गर्न अनुरोध गरिएको जानकारी दिनुभयो ।  यससँगै भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका क्षेत्रमा फाट्टफुट्ट देखिएको भन्ने जानकारी सो केन्द्रमा आएको जनाइएको छ ।

सो केन्द्रका प्रमुख राजन ढकालले आजै वाग्मती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बैठक बस्न लागेको बताउनुभयो ।  कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद्, सो परियोजना, केन्द्रलगायत संस्थाका विज्ञहरु र मन्त्रालयका उच्च अधिकारीका बीचमा  सो विषयमा छलफल हुने जनाइएको छ । 

उहाँले  मकै थन्काउने क्रम अन्तिम भएको भन्दै तत्काल थन्काउन, काट्दै गरेको चैते धान यथाशीघ्र काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन, तरकारीका बेर्ना जोगाउन कृषकलाई अपिल गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सम्बन्धित कार्यालयका प्रमुखलाई कीरा रोकथाममा तत्काल जुट्न र के कस्तो सहयोग आवश्यक पर्छ भन्न निर्देशन दिइएको जानकारी दिनुभयो ।  केन्द्रका प्रमुख ढकालका अनुसार मकवानपुरतिर त्यहाँबाट प्राविधिकहरुले सलहको ठूलै झुण्ड देखिएको जानकारी गराएको बताउनुभयो ।