२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी सेना प्रमुखको माग–ट्रम्पलाई नोबेल पुरस्कार दिनुपर्छ



अ+ अ-

काठमाडौँ । पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन् ।

उनले भारत र पाकिस्तानबीच युद्धविराम गराउन ट्रम्पको महत्वपूर्ण भूमिकाका लागि यो पुरस्कारको माग गरेका हुन् ।

असिम मुनीर हाल अमेरिका भ्रमणमा छन् । यहाँ ट्रम्प र मुनीरले बन्द ढोकाभित्र भेट गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले यसको लागि मुनीरलाई धन्यवाद दिए । उनले भने– ‘म पाकिस्तानलाई माया गर्छु ।’

ट्रम्पले अधिकारीहरू बिना एक्लै पाकिस्तानी सेना प्रमुखसँग कुरा गरेको यो पहिलो पटक हो । ट्रम्पले भने–मुनीरलाई भेट्न पाउँदा म सम्मानित महसुस गर्छु । उनले भारतसँग युद्ध रोक्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

ह्वाइट हाउसमा भएको यो भेटघाट गोप्य थियो । पाकिस्तानी समाचार डनका अनुसार ट्रम्पले मुनीरको प्रशंसा गर्दै उनले भारत–पाकिस्तान तनाव बढ्नबाट रोक्ने बताए । असिम मुनीर र ट्रम्पले ह्वाइट हाउसमा इरान–इजरायल द्वन्द्वको बारेमा पनि छलफल गरे ।

मुनिरले इरान–इजरायल युद्ध अन्त्य गर्ने वकालत गरे र अमेरिकासँगको आतंकवाद विरोधी साझेदारीको प्रशंसा गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्ध रोकेको बताएका छन् । बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोन वार्ताको १२ घण्टापछि ट्रम्पको यो बयान आएको हो ।