२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने लक्ष्यमा नेपाल



अ+ अ-

काठमाडौँ । टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्डबीच अन्तिम खेल हुँदैछ । उक्त खेल स्कटल्याण्डको ग्लासग्लोमा बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्याण्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले दोस्रो खेलमा स्कटल्याण्ड्सलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई
६ विकेटले पराजित गरेको थियो ।

यसैगरी स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्याण्डलाई नेदरल्याण्ड्सले १७ रनले हराएको थियो ।