काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता सुजित केसी रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाडेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीरसिंह देउवाको जाहेरीमा उनी थुनामा परेका थिए ।
हिल्टन होटल खरिद गरेको स्टाटस लेखेपछि उनीविरुद्ध जाहेरी परेको थियो ।
आज भएको थुनछेक बहसमा न्यायाधीस विष्णु प्रसाद अवस्थितको इजलासले आज उनई धरौटीमा छोड्ने आदेश गरेको हो ।












