२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार सुनचाँदीकाे मूल्य



अ+ अ-

काठमाण्डौ । सोमबार अहिलेसम्मै उच्च मुल्यमा कारोबार भएको सुनको मुल्य मंगलबार घटेको छ ।  

सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य मंगलबार तोलामा तोलामा ४ सय रुपैयाँ घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

अस्ति आइतबार पनि सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो । महासंघका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि लकडाउन र भाउ बढेका कारण सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ । 

आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ ।