२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्की र कप्तानसहित जनकपुर बोल्ट्सले गर्‍यो सात खेलाडी रिटेन



अ+ अ-

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि मार्की र कप्तानसहित सात खेलाडीलाई रिटेन गरेको छ ।

जनकपुरले बिहीबार मार्की खेलाडी आशिफ शेख र कप्तान अनिलकुमार साहसहित सात खेलाडीलाई रिटेन गरेको जनाएको छ ।

रिटेन हुने खेलाडीमा आशिफ र अनिलसँगै ललित राजवंशी, रूपेश सिंह, किशोर महतो, तुलबहादुर मगर र शुभ कंशाकार छन् ।