२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

२६९ रन बनाएर आउट भए गिल, राखे यस्तो कीर्तिमान



अ+ अ-

काठमाडौँ । भारत र इङ्ग्ल्याण्डबीचको दोस्रो टेस्ट बर्मिङ्घमको एजबास्टन स्टेडियममा भइरहेको छ । बिहीबार खेलको दोस्रो दिन हो ।

तेस्रो सत्रमा भारतले पहिलो इनिङमा ९ विकेट गुमाएर ५८१ रन बनाएको छ । मोहम्मद सिराज मैदानमा छन् ।

आकाश दीप (६ रन) शोएब बशीरको हातबाट क्याच आउट भए । उनले आफ्नो दोस्रो विकेट लिए । भारतका कप्तान शुभमन गिल २६९ रन बनाएर आउट भए । उनी टेस्टमा सबैभन्दा ठूलो इनिङ खेल्ने भारतीय कप्तान बने ।

उनलाई जोश टङ्गुले ओली पोपको हातमा क्याच आउट गराए । टङ्गुले रवीन्द्र जडेजा (८९ रन) लाई पनि प्याभिलियन पठाए । वाशिंगटन सुन्दर (४२ रन) लाई जो रुटले बोल्ड गरे ।

भारतीय टोलीले बिहीबार ३१०–५ को स्कोरबाट खेल्न सुरु गरेको थियो । गिलले ११४ र जडेजाले ४१ रन बनाएर आफ्नो इनिङ जारी राखे । बुधबार यशस्वी जयस्वालले ८७ रन बनाए । क्रिस वोक्सले २ विकेट लिए । चियापानसम्म भारतको स्कोर ५६४–७ रह्यो ।