२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नलाई हराउँदै पिएसजी क्लब विश्वकपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० गोलले हराउँदै पिएसजीले सेमिफाइनलमा स्थान बनाएको हो । पिएसजीको जितमा खेलको ७८ औं मिनेटमा डिजायर डोउले तथा इन्जुरी समयमा ओस्माने डेम्बेलेले गोल गरे ।

खेलको ८२ औं मिनेटमा पिएसजीका विलियन पाचो र ९०+२ औं मिनेटमा लुकास हर्नान्डेजले रातो कार्ड खाएका थिए ।

पिएसजीले अब सेमिफाइनलमा रियल मड्रिडको सामना गर्नेछ ।