२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्वीप मानिँदैनः माओवादी सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्वीप नमान्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै सांसद शर्माले दलगत ह्वीप स्वीकार्य नहुने बताउनुभएको हो । उहाँले समितिको बैठक शुरु नहुँदै विधेयकमा थप गर्नुपर्ने कुरा प्रश्ताव गर्नुको सट्टा बैठक नै स्थगित गर्ने प्रश्ताव आएको भन्दै आपत्ति जनाउनु भयो ।

सांसद शर्माले भन्नुभयो, ‘कुनै राजनीतिक दलको प्रमुख सचेतकको ह्विप मान्न यो समिति बाध्य छैन, मानिदैन । त्यसकारण आ–आफ्ना ह्वीप कहाँ लाउने हो आफ्नो ठाउँमा लाउनु । समिति सभापतिज्युले टाढा टाढाबाट समितिका सदस्यहरुलाई बोलाएर बैठक राखेर बैठक सुरु नहुँदै बैठक स्थगितको प्रश्ताव आएपछि यसले राम्रो सन्देश दिन्छ ? यसले हामी राम्रो कानून बनाउँदैछौं भन्ने कुरामा कसरी सुनिश्चित हुन्छ ? अरु नयाँ कुरा आएको भएपनि हुन्थ्यो हामीले सहमति गरेका विषयहरुमा डोजर चलाइँदैछ । यस्तोमा हामी यो ठिक हो भनेर तालि बजाउन सक्छौं ?’

लगत्तै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद शर्माको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै  उठेर नियमापत्ति जनाउनु भयो । समिति सभापति अम्मरबहादुर थापाले माफी मागेपछि सचेतक घिमिरे बस्नु भएको थियो । सांसद शर्माले सरकारले विधेयकका सन्दर्भमा सहमति भइसकेका विषयहरु बल्झाउने प्रयास गरिरहेको पनि टिप्पणी गर्नुभयो ।