३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय होः पूर्वराजा शाह



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताउनुभएको छ ।

सोमवार निर्मल निवासमा आफ्नो ८० औं जन्मदिनको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वराजा शाहले अहिले बाढी, पहिरोको  समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह गर्नुभयो । पानीजन्य रोगहरुबाट बच्न पनि आग्रह गर्नुभयो । पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै उहँँले नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र मात्रै नेपालको माया जाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले वर्षाको समय हो । बाढी पहिरोको जोखिम छ । पानीजन्य विमारीहरु पनि हुन्छन् । सबै दाजुभाई, दिदिबहिनीहरु शतर्क रहनुस् । विचार गरेर बस्नुस्, मेरो आग्रह छ । यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो । हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपालै हामी भित्र हुनुपर्छ । अनि हामी नेपाली हुन्छौँ ।’

पूर्वराजा शाहले जन्मदिनको अवसरमा पूर्वराजा शाहलाई निर्मल निवासमा शुभकामना दिनेहरुको भीड देख्न सकिन्छ ।