१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठक भत्ता र खाजा खर्च कटौती गर्दै नयाँ गाडी नकिन्ने कर्णाली प्रदेशको घोषणा



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले नयाँ सवारी साधान नकिन्ने घोषणा गरेको छ । प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा पनि कटौती गरेको हो ।

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक र जोखिम भत्ता र खाजा खर्च कटौतीको घोषणा गर्दै एम्बुलेन्सबाहेक सवारी साधान पनि खरिद नगर्ने, नयाँ संगठन संरचना स्थापना नगर्ने  उल्लेख गरेका हुन् । 

यस्तै कार्यालय सञ्चालन, मर्मत, इन्धन, फर्निचर र विभिन्न शीर्षकको खर्चमा पनि करिव ६० प्रतिशत कटौती गर्दै बजेटमा कोरोना भाइरस महामारी नियन्त्रणका लागि १ अर्ब ५५ करोड बजेट छुट्याएको छ ।

सरकारले प्रदेश अस्पतालमा २०० आइसोलेसन सेन्टर, ४० आईसीयू र २० भेन्टिलेटर बनाएइनेछ भने हरेक जिलामा कम्तिमा ५० आइसोलेसन बेड, १० आईसीयू र ५ भेन्टिलेटरसहित सघन उवचार कक्ष बनाउन बजेट छुट्याएइको छ ।

यसैगरी प्रदेश अस्पताललाई ३०० शैयाको शिक्षक अस्पताल बनाउन, राकम कर्णालीमा ट्रमा अस्पताल स्थापना गर्ने लगायतका कार्यक्रम पनि बजेटमा छ ।