१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईओएफटीसीको आठ लाख सहयोग



अ+ अ-

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको गैर नाफामुलक संस्था अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरेको छ ।

काठमाडौं उपत्यकासहित सातै प्रदेशमा समस्यामा परेका तेक्वान्दो खेलाडीको पहिचान गरी राहत उपलब्ध गराउने गरी आईओएफटीसीले ८ लाख रुपैयाँ अमेरिकाबाट पठाएको हो । समस्यामा परेका खेलाडीको पहिचान गर्न रामचन्द्र ब्यञ्जनकारको संयोजकत्वमा ४ सदस्यीय आईओएफटीसी हेल्प डेक्स टिम नेपाल गठन गरिएको छ । सदस्यमा रजिन सिंह, अर्जुन महर्जन र निरोज गौतम रहेका छन् । सल्लाहकारमा  मैत्री तेक्वान्दो डोजाङका प्रमुख अष्टबहादुर महर्जन छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले टिमका संयोजक ब्यञ्जनकारलाई सिंहदरबारमा आइतबार चेक हस्तान्तरण गरे । सो अवसरमा मन्त्री विश्वकर्माले आईओएफटीसीले गरेको सहयोगले केहि हदसम्म भएपनि खेलाडीलाई सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

आईओएफटीसीले २०७२ सालको विनाशकारी भुकम्पकाबाट पीडितलाई पनि सहयोग गरेको थियो । आईओएफटीसीका संस्थापक एवं निर्देशक दिवाकर महर्जनले कोभिड– १९ को समस्या विश्वव्यापी भएकाले ठूलो मात्रामा सहयोग गर्न नसकिएको बताउदै थोरै भएपनि यसले खेलाडीलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराएको बताए ।