१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनमा संसदमा रहेका सबै दलको निःशर्त समर्थन , दृढतापूर्वक कार्यान्वयन गर्न सुझाव



अ+ अ-

काठमाडौं । संविधान संशोधन सम्बन्धी प्रस्तावकाे छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले कुटनीतिक वार्ताको माध्यमबाट सीमा समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । वार्ताको माध्यमबाट सहजै भूमि फिर्ता नहुने अवस्थामा विश्व जनसमर्थनको बाटो अपनाउनुपर्ने सुझाव उहाँले दिनुभयो । भूमि फिर्ता ल्याउनुपर्ने उद्देश्यले राष्ट्र संघ र अन्तर्राष्ट्रिय अदालत जान पछि हट्न नहुने उहाँको भनाई छ ।

यसै गरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधान निर्माणको बेला नै नेपालको नक्सा र क्षेत्रफल राख्नुपर्ने प्रस्ताव आफ्नो पार्टीले राखेको स्मरण गर्नुभयो । उहाँले नेपालको भूमि समेटेर नक्सा नबनाउने त्यो बेलाका नापी अधिकारी, भूमि, गृह परराष्ट्रमन्त्रालयका अधिकारीहरुसँग बयान लिनुपर्ने बताउनुभयो ।

विगतका सरकारहरुले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर किन नक्सा जारी गरेनन भन्ने कुराको बयान लिनुपर्ने उहाँले बताउनुभयो । महाकाली सन्धी खारेज गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले नेपालको गुमेको सम्पूर्ण भूमि समेटेर नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।