१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको नक्साको चुच्चो कसका पालामा र किन हरायो खोज्नुपर्छ– उपेन्द्र यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको नक्साको चुच्चो कसका पालामा कहाँ हरायो र किन हरायो भन्ने कुराको खोजी गर्नुपर्छ भनेका छन् । उनले महाकाली सन्धी कसरी भयो पारित कसले गर्यो त्यस समयमा किन यो खोजी गरिएन भनेर प्रश्न गरे । 

संसदमा शनिबार सम्बोधन गर्दै उनले भने, हाम्रो पार्टीले अरु कुरामा विवाद होला तर देशभक्ति र राष्ट्रवादमा हामी बलिया छौँ । त्यसैले बहुमतले मात्र होइन हाम्रो पार्टीले यसलाई बहुमतले मात्र होइन कि सर्वसम्मतीले पास गर्ने निर्णय गरेका छौँ ।  

प्रमाणहरु संकलन गर्ने भन्दै हिजोमात्र सरकारले एक टिम गठन गरेकोमा उनले आपत्ति गरे । उनले भने आज आएर प्रमाण खोज्नलाई किन टिम बनाएको हो ? यो उल्टो बाटो हिँडेर कहाँ पुगिन्छ ? नौ जना राख्नुभयो अनि मधेशी एकजना पनि परेनन् किन ? के मधेशीले सीमा नै नदेखेका हुन् कि ? संविधान संशोधन हुन लागिसक्यो अनि प्रमाण खोज्न टिम बनाउने ? उनले प्रधानमन्त्रीलाई प्रश्न गरे । 

उनले मधेशीलाई राष्ट्रवादी नदेख्नु नेपाली शासकहरुको नश्लवादी चिन्तन बाहेक केही होइन भने ।