२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिब ६ हजार साइक्लिस्ट सहभागी हुने राइड हुँदै



अ+ अ-

काठमाडौँ । करिव ६ हजारभन्दा बढी साइक्लिस्ट सहभागी कोरा साइक्लिङ च्यालेन्जको १५औं संस्करण आगामी साउन ३ गते हुने भएको छ ।

सोसियल टुर्स, साइकल सिटी नेटवर्क नेपाल र पाङ्ग्रो आउटडोर इभेन्ट्सको आयोजनामा फरक फरक दूरी र फरकफरक स्थानमा साइक्लिङ हुनेछ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।

नेपालका २० भन्दा बढी स्थानहरूमा अस्ट्रेलिया, लाओस, क्यानडा, स्कटल्याण्ड र सिंगापुरलगायत देशका साइक्लिस्टले यस साइक्लिङ अभियानमा सहभागी हुनेछन् । पाटन दरबार स्क्वाइरबाट यो अभियान शुरु हुनेछ ।

बालबालिकाहरूका लागि दुई किलोमिटरको दूरी तय गरिएको छ ।

साथै काठमाडौं उपत्यकामा रहेको १६५ किलोमिटरको दूरी साइक्लिस्टले पार गर्नेछन् । यसबाहेक २५ किलोमिटर, ५० किलोमिटर, ७५ किलोमिटर र एक सय किलोमिटरको दूरीमा पनि प्रतिष्पर्धा हुनेछन् ।

यो इभेन्टको मुख्य उद्देश्य सिन्धुपाल्चोकको मेलम्ची बजारनजिक रहेको दोमवार समूदायमा सौर्य गृह प्रणाली जडान गर्ने रहेको आयोजकले जनाएको छ ।

बिहान सात बजेदेखि एक सय किलोमिटर र ७५ किलोमिटरको राइड सुरु हुने आयोजकले जनाएको छ । त्यसपछि ५० किलोमिटरको राइड सुरु हुने आयोजकले उल्लेख गरेको छ ।