१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबर्जस्ती करणी आरोपमा युवक पक्राउ



अ+ अ-

लहान । छिमेकी युवतीलाई जबर्जस्ती करणी आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गाउँकै एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो । 

सुतिरहेको अवस्थामा गत आइतबार राति घरभित्र प्रवेश गरी मियाँले जबर्जस्ती करणी गरेको पीडित युवतीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पीडित युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।