२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीलाई हराउँदै चेल्सी च्याम्पियन



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

अमेरिकाको मेटलाइफ रंगशालामा भएको फाइनलमा चेल्सीलाई जित दिलाउन कोल पाल्मेरले दुई तथा जोआओ पेड्रोले एक गोल गरे । तिनै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

२२ औं मिनेटमा पाल्मेरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ३० औं मिनेटमा पाल्मेरले थप गोल गर्दै अग्रता दोब्बर पारे । ४३ औँ मिनेटमा पेड्रोले गोल थप्दै चेल्सीलाई ३–० ले अघि बढाए । त्यसपछि दोस्रो हाफमा कुनै गोल भएन र च्याम्पियन्स लिग विजेता पिएसजीलाई हराउँदै चेल्सी च्याम्पियन बन्यो ।