१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि पसल खुल्ने, निजी सवारी जोरविजोर गरी चल्ने, एसइइको परीक्षा नलिई आन्तरिक मूल्यांकन गरिने



अ+ अ-

काठमााडौँ । सकारले भोलिदेखि पसल व्यवसाय सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । 

यसैगरी मन्त्रिपरिषदले निजी सवारीसाधन पनि सञ्चालन गर्न दिने भएको छ । निजी सवारी साधनलाई जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको बताइएको छ ।  यो निर्णय भोलिदेखि नै लागू हुने बताइएको छ। जोर गते जोर नम्बरका निजी सवारी साधन र बिजोर गने बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्कालका लागि सञ्चालन गर्न पाइने छैन ।   

सरकारले साढे दुई महिनाअघि गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । यसको चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । यसबीचमा व्यवसायी, विज्ञलगायतले कोरोना महामारी तत्कालै हट्ने नदेखिएपछि लकडाउनको मोडालिटी परिवर्तन गर्न माग गर्दै आएका थिए । सबैतिरको चौतर्फी मागको आधारमा सरकारको यो निर्णय आएको हो । 

यसैगरी रोकिएको एसइइको परीक्षा पनि नलिने र कानुन बनाएर विद्यालयले आन्तरिक मूल्यांकनका आधारमा नम्बर दिएर नतिजा प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको बताइएको छ ।