२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावित्रा भण्डारी न्युजिल्याण्डको वेलिंगटन फिनिक्स क्लबमा अनुबन्ध



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी छन् ।

अष्ट्रेलियाको ए लिगको नयाँ सिजनका लागि फिनिक्सले साम्बासँग सम्भौता गरेको हो ।

साम्बाले यसअघि फ्रेन्च क्लब एन अभान्ट ग्वेंगाम्पबाट खेल्दै आएकी थिइन् । उनले सामाजिक सन्जालमार्फत ग्वेंगाम्पबाट अलग भएको बताएकी छिन् ।

साम्बाले भनेकी छन्,‘प्रिय एन अभेन्ट गुइनगाम्प परिवार, हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद। हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ। हामी दुवै नयाँ सुरुवातको अलग हुने समय आएको छ। तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैँ आभारी रहनेछु। जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ।’

साम्बासँग इजरायल, भारत, माल्दिभ्सका लिग खेलेको पनि अनुभव छ ।




भर्खरै