१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण



अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टिनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताउनुभयो । 

सरुमारानीका सङ्क्रमितलाई बेलझुण्डी लैजाने तयारी

झिमरुक– प्यूठानको सरुमारानी गाउँपालिका–२ मा हिजो भेटिएका १९ वर्षीय कोरोना सङ्क्रमित पुरुषलाई आज कोरोना विशेष अस्पताल दाङ बेलझुण्डी लैजाने तयारी गरिएको छ । 

खड्केश्वरी प्राथमिक विद्यालयको क्वारेन्टिनमा बसेका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पालिकामा आइसोलेशन नभएका कारण उहाँलाई उपचारका लागि बेलझुण्डी लैजान लागिएको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताउनुभयो ।