१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सङ्क्रमितको भर्ना अनलाइनबाटै



अ+ अ-

मोरङ । मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट सङ्क्रमितको भर्ना गरिने भएको छ । प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा सङ्क्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । 

सङ्क्रमित अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितले बेड बुक गरेपछि बेड नं र सङ्क्रमितको ‘लोकेसन’का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने सङ्क्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको छ । 
    
अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
    
मन्त्री घिमिरेले आइतबार पूर्वाञ्चल विश्वविद्यालय मेडिकल सङ्कायका डिन डा शैलेश पोखरेल, नर्सिङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेना र अस्पताल प्रशासन प्रमुखसँग छलफल गर्नुभएको थियो । सुन्दरहरैचामा सञ्चालनमा आएको कोरोना उपचार केन्द्रमा ५२ जना उपचाररत छन् । उपचार केन्द्रमा अहिले ७४ बेड तयार गरिएको छ भने थप ५१ बेड तयार गर्न मन्त्री घिमिरेले निर्देशन दिनुभएको छ ।
    
सङ्क्रमितको उपचारमा विश्वविद्यालयका स्वास्थ्यकर्मी खटिएका छन् । मन्त्रालयले अस्पतालमा २४ सै घण्टा सेवाका लागि एउटा एम्बुलेन्सको प्रबन्ध गर्ने भएको छ ।