१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशाल गाेरिल्लाकाे सिटी स्क्यान (फाेटाे फिचर)



अ+ अ-

दक्षिण अफ्रिकामा एउटा ३५ वर्षकाे माकाेकु नामकाे गाेरिल्लाकाे सिटी स्क्यान गरिएकाे छ । नाकभित्र मासु पलाएर श्वास फेर्न कठिन भएपछि चिकित्सकहरूले माकाकुकाे सिटी स्क्यान गरेकाे अन्तरार्ष्टिय समाचार संस्था एएफपीले जनाएकाे छ ।

जाेहानेसबर्ग चिडियाखानाबाट याे भाले गाेरिल्लालाइ बेहाेस बनाएपछि हेलिकप्टरमा राखेर प्रिटाेरियास्थित वाेन्डरस्टेपूट भेटनरी एकेडेमी अस्पताल ल्याइएकाे थियाे ।

करिब २१० केजीकाे यस विशाल जनावरकाे सिटी स्क्यान गर्न करिब ४० माइल टाढाकाे अस्पताल लैजानु परेकाे थियाे । याे अस्पतालमा मात्र भारी जीवजन्तुकाे सिटी स्क्यान गर्ने व्यवस्था छ ।

स्क्यान गर्नेक्रममा याे बेहाेस गाेरिल्लालाइ उचाल्न पाँच जना चाहिएकाे थियाे । 

जाेहानेसबर्ग चिडियाखानाका कर्मचारीले यसअघि उपचार गर्दा पनि गाेरिल्लाकाे नाककाे समस्या सुल्झाउन सकेका थिएनन् । गाेरिल्लाकाे सम्पूर्ण शारीरिक परीक्षणपछि चिकित्सकहरूले उपयुक्त उपचारविधि सिफारिस गरिने अस्पतालले जनाएकाे छ ।

जाेहानेसबर्ग चिडियाखानाका प्रवक्ता जेन्नी मूड्लीले गाेरिल्लाकाे नाकमा मासु पलाएकाे पाइएकाे र त्यसैका कारण गाेरिल्ला बिरामी परेकाे जानकारी दिइन् ।  (एजेन्सी)

तस्वीरहरूः एएफपी