२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा सञ्चालित पहिलो अन्तरराष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का कलाकारसँग अन्तरक्रिया गर्नुभएको छ ।

कार्यक्रममा सभामुख घिमिरेले ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’जस्ता सांस्कृतिक कार्यक्रमले विश्वभर छरिएका नेपाली समुदायका कला, संस्कृति र प्रतिभालाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले नेपाली भाषा, संस्कार र सङ्गीतलाई प्रवास मात्र होइन, विश्व मञ्चमा पनि पहिचान दिलाउने अवसर प्रदान गरेका छन् ।” नयाँ पुस्तामा नेपाली भाषा र सांस्कृतिक गर्वको भावना जागृत गराउन यस्ता सिर्जनात्मक प्रयास प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “प्रवासमा रहेका नेपालीको सामाजिक एकता, सांस्कृतिक संरक्षण र मुलुकको विकासमा हुने योगदानको उच्च मूल्याङ्कन गर्नुपर्छ ।”

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका कार्यकारी निर्देशक चुणामणि भट्टराईले दक्षिण अफ्रिका र अन्टार्कटिकाबाहेक संसारभरका नेपालीहरू यस अभियानसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करिब ६० मुलुकका नेपालीले यसमा योगदान गरेका छन् । तेइस मुलुकका नेपाली मूलका कलाकार नेपाल आउनुभएको थियो । अहिले पनि ७ मुलुकका कलाकार उत्कृष्ट १० भित्र छनोट भएका छन् ।”

सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) का सञ्चालक सदस्य फुलमान बलले दुवै रियालिटी शोले सांस्कृतिक र राष्ट्रियताबीचको सम्बन्धलाई जोड्न सफल भएको बताउनुभयो ।

इन्ट्रा फाउण्डेसनका नेपाल च्याप्टर अध्यक्ष बाबुकृष्ण कार्कीले दुवै रियालिटी शोमार्फत विश्वभर रहेका नेपाली समुदायका कला, प्रतिभा र सांस्कृतिक सम्पदालाई अन्तरर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यमा सफलता प्राप्त गरेको बताउनुभयो ।

कार्यक्रममा दुवै रियालिटी शोमा उत्कृष्ट १० मा पर्न सफल कलाकार, प्रशिक्षक, कोरियोग्राफरलगायत ४० भन्दा बढी प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

तस्बिर: प्रदीपराज वन्त,रासस




भर्खरै