१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २ सय ७८ जनामा संक्रमण पुष्टि, कुल स‌ंक्रमित २९ सय नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । 

शुक्रवार थपिएका संक्रमित सुनसरीका २१ जना, झापाका १२ जना, मोरङका ६ जना, नवलपरासीका १ जना, अर्घाखाँचीका १ जना, पाल्पाका १ जना, रुपन्देहीका १८ जना महिला, सिन्धुलीका २ जना, बाराका ३ जना, तनहुँका २ जना, भोजपुरका ५ जना, कैलालीका ४ जना, अछामका १ जना, डडेल्धुराका ५ जना रहेका छन् । 
यस्तै बझाङका १ जना, रामेछापका १७ जना, काभ्रेका ५ जना, दैलेखका ९० जना, जुम्लाका ६ जना, हुम्लाका १ जना, सुर्खेतका १ जना, दाङका १ जना, धनुषाका ४ जना, कास्की र गुल्मीका हाल काठमाडौंका रहेका २ जना, कपिलवस्तुका ४४ जना, महोत्तरीका १७ जना, रौतहटका ६ जना रहेका छन् । 
 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ भने ३३३ जना निको भएर घर फर्किसकेका छन् ।