१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनकै बिच राजधानीको न्यूरोडमा व्यवसाय खोलेपछि जे देखियो…. (फोटो फिचर)



अ+ अ-

काठमाडौं । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि राजधानीको न्यूरोडमा रहेका अधिकांस व्यवसाय गर्ने व्यवसायीहरुले देखि पसल खोल्न थालेका छन् । सरकारले जारि गरेको लकडाउनको ७२ दिन साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णय अनुसार समाजिक दुरी कायम गर्दै बिहान ८ बजे देखि ११ बजे सम्म पसल सञ्चालन गरिएको बताउनुभयो । 

उहाँले पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सुरक्षा सतर्कता अपनाइएको समेत बताउनुभयो । अध्यक्ष कटुवालले सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकोले पसल खुल्ला गर्नुपरेको बताउनुभयो । उहाँले लकडाउनका कारण लामो समय सम्म व्यवसाय बन्द हुँदा व्यवसायीहरु समस्यामा परेकाले पसल खोल्न बाध्य भएको बताउनुभयो । त्यस्तै व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा स्यानिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् ।

पसल खु्रल्न थालेपछि केही ठाउँमा प्रहरीले बन्द गराउँदै हिडेको जानकारी आएको महासंघका अध्यक्ष कटुवालले बताउनुभयो । उहाँले अब जसरी पनि पसल सञ्चालन गरिने बताउनुभयो । बिहीबार न्युरोड, असन, भोटेबहाल लागयतका ठाउँका फेन्सी, ग्रोसरी, इलेक्ट्रोनिक पसलहरु खुलेका छन् । 
 

हेरौ तस्विरहरु