१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा देखा पर्यो सेतो हिमाली गिद्ध



अ+ अ-

मनाङ ।  ‘सेतो हिमाली गिद्ध मनाङ’मा देखा पर्न थालेको छ । सो प्रजातिको गिद्धलाई विश्व संरक्षण सङ्घ (आइयुसिएन)ले सन् २०१७ मा लोपोन्मुख पंक्षी बर्गमा राखेको थियो । 

विश्वमा २३ प्रजातिका गिद्ध पाइने भए पनि नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । खैरो गिद्धबाहेक अन्य आठ प्रकारका गिद्धलाई नेपालमा लोपोन्मुखको सूचीमा समावेश गरिएको छ । 

नेपालका प्रसिद्ध पंक्षीविद हेमसागर बरालले घरपालुवा चौपाया बिरामी परेको अवस्थामा उपचारगर्दा  डाइक्लोफिनाक लगायत एनएसएआइडीजस्ता औषधिको प्रयोग गरिनु नै गिद्ध लोप हुनुको मुख्य कारण भएको बताउनुभयो । 

ती औषधिको प्रयोग गरी उपचार गरेका गाईबस्तु एक÷दुई हप्ता नबित्दै मरेको खण्डमा त्यसरी मरेका गाईबस्तुको सिनो खाएपछि यात गिद्ध मर्ने वा अन्यत्र सर्ने गर्छन् । यसले गर्दा नेपालमा गिद्धको सङ्ख्या घट्दै गएको उहाँले बताउनुभयो ।
    
गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिइन्छ । यसले मरेका र सडेगलेका सिनो खाइदिँदा दुर्गन्ध र त्यसबाट उत्पन्न रोगव्याधीबाट मानिसलाई सुरक्षित बनाउने काम गर्छ । लामो समयको बन्दाबन्दीका कारण वातावरणमा देखा परेको परिवर्तनसँगै ती जातका गिद्धहरु आहाराको खोजीमा यहाँ आइपुगेको विज्ञहरु बताउँछन् । 

यसैगरी गिद्धलाई आहाराको कमी हुनाका साथै यसलाई बसोबास र बच्चा उत्पादनका लागि आवश्यक पर्ने वनजङ्गलमा आवश्यक पर्ने सिमलका रुख मासिनुले पनि यिनीहरु बसाइँ सर्ने गर्छन् । यसको वासस्थान कमी भएपछि बसाइँ सर्नाले पनि यो गिद्ध लोप हुँदै गएको मानिन्छ ।  

आजकाल भने हिमाली प्रजातिका गिद्ध करिब १०० को सङ्ख्यामा एउटै समूहमा आहाराको खोजी गर्दै आउन थालेका समूहमा भेटिने गरेको छ । नेपाललाई सबैभन्दा धेरै प्रजातिको गिद्ध एकै स्थानमा पाउने मुलुकको सूचीमा समेटिएको छ भने एसियामा १६ प्रजातिका र उत्तर र दक्षिण अमेरिकामा सात प्रजातिका गिद्ध पाइन्छन् । भेटिएकामध्ये अधिकांश पाँच वर्षमुनिको रहेको चरा विज्ञ बरालको भनाइ छ । गिद्धको सरदर आयु ५० वर्षको हुने उहाँ बताउनुहुन्छ ।