२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजालाई राजनीतिमा आउन चुनौती दिनेले राष्ट्रपति भइसकेको व्यक्तिलाई बन्देज लगाउनु हदैसम्मको विरोधाभास : मोहन श्रेष्ठ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिका सक्रिय नहुने एमालेले गरेको आग्रहप्रति टिप्पणी गर्नुभएको छ ।

प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत् राजालाई राजनीतिमा आउन चुनौती दिनेले राष्ट्रपति भइसकेको व्यक्तिलाई बन्देज लगाउनु विरोधाभास भएको बताउनुभएको हो ।

उहाँले जीवनको अन्तिमसम्म जसरी पनि नेतृत्वमा रहने र आफू नेतृत्वमा रहन अनेकन जालझेल गर्ने प्रवृत्ति बदल्नुपर्नेसमेत बताउनुभएको छ ।

नेता श्रेष्ठले लेख्नुभएको छ–

॰ कहिल्यै दलमा नरहने राजालाई राजनीतिमा आउन, चुनाव लड्न चुनौति दिनेहरुले दलबाट राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा आउन बन्देज लगाउनु हदैसम्मको विरोधाभाष हो !

॰ नयाँका पुस्तामा नेतृत्व रुपान्तरणको अध्याय हामी राप्रपाले प्रारम्भ ग-यौ, दुई कार्यकाल पनि हामी नै कार्यान्वयन गर्छौं, यसमा हामी दृढ छौं । जीवनको अन्तिम समयसम्म जसरी भएपनि नेतृत्वमा रहने, आफू नेतृत्वमा रहन अनेकन जालझेल गर्ने र नेतृत्व निर्माणको प्रक्रिया अवरुद्ध गर्ने विषयलाई ठूला, मझौला र साना सबै दलले बदल्न जरुरी छ ।