२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली काँग्रेसका निलम्वित सांसद मोहनबहादुर बस्नेत सरकारी कार्यक्रममा अतिथि भएर सहभागि भएको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले टेरामक्स प्रकरणमा तीन अर्बभन्दा बढी भ्रष्टाचार अभियोगमा १ जेठमा विशेष अदालतमा मुद्दा चलेपछि निलम्वनमा परेका बस्नेत सरकारी कार्यक्रममै अतिथि बनेर हिँडिरहेको भन्दै सरकारको धारणा माग गर्नुभएको हो ।

गत बिहीवार मात्रै जिल्ला समन्वय समिति र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले समन्वय गरेको ‘तातोपानी नाकासम्बन्धी अन्तरक्रियामा बस्नेत प्रमुख अतिथि भएर सहभागि हुनुभएको थियो । सांसद सापकोटाले भ्रष्टाचारको मुद्दा खेपिरहेको निलम्वित सांसदले सरकारी कार्यक्रममा सहभागि हुनु संसद र जनमतको अपमान भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारकी कार्यक्रममा भ्रष्टाचारको मुद्दा लागेका र निलम्वनमा परेका व्यक्तिलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेर राख्नु भनेको यो संसदीय प्रणालीको पनि अवमूल्यन हो । साथै शासन प्रणाली, नैतिकता र जनविश्वासमाथि ठुलो हमला समेत हो । त्यसैले म यसको बारेमा गृहमन्त्रालयको आधिकारिक धारणा के हो ? जान्न चाहान्छु । प्रमुख जिल्ला अधिकारी भनेको अख्तियारको जिल्ला प्रमुख पनि हो । त्यसैले अख्तियारले मुद्दा दायर गरेको व्यक्तिलाई कार्यक्रमको उपस्थिति बनाइएको मात्र सरकोकारवाला सबैको ध्यानाकर्षण गर्दै सरकारसँग जवाफ पनि माग गर्न चाहन्छु । 

उहाँले विपद्जन्य घटनाहरु बढिरेको उल्लेख गर्दै सडक यातायात खुलाउन तथा प्रभावितको जीवन रक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।