१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जानिराखौं मोबाइल चार्ज गर्दा गर्नै नहुने काम यस्ता काम



अ+ अ-

काठमाडौं । नेपालको जनसंख्या भन्दा बढी मोवाइल फोनको संख्या पुगिसक्नुले पनि यसका प्रयोगकर्ताको संख्यालाई प्रष्ट्याउँछ ।

हामी फोनबाट वा मोबाइलबाट अलगिएर बस्न सक्ने सम्भावना नै छैन । यसले हाम्रा दैनिक कामहरुमा निकै सहयोग पुर्‍याएको छ ।

तर, अर्कोतिर यसको बेफाइदा पनि छ । त्यो हो– हामीले चलाउने स्मार्टफोनको ब्याट्रि धेरै नटिक्नु ।

त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका हुनसक्छौँ, मोबाइल जतिबेलै चार्ज गर्न खोजिरहेका पनि हुनसक्छौँ । तर, मोबाइल चार्ज गर्दा केही कुराहरुमा चाहिँ ध्यान दिनु पर्ने हुन्छ ।

मोबाइल धेरै बेर चार्जमा नजोड्नोस – सामन्यतयाः तीन घन्टाभन्दा बढी मोबाइल चार्जरमा जोडिरहनु हुँदैन । त्यसैले राति मोबाइलमा चार्जर जोडेर छोड्ने बानी छ भने हामी त्यसबाट सतर्क हुनैपर्छ ।

पावर बैंक वा डुप्लिकेट चार्जर – पावर बैंक वा डुप्लिकेट चार्जरले मोवाइल चार्ज गर्ने बानी छ भने आजैदेखि यो बानी पनि हटाउँनोस् । यसले हाम्रो मोबाइलको ब्याट्री निकै छिटो बिग्रने समस्या हुनसक्छ ।

चार्ज गर्दै नचलाउने – मोबाइललाई चार्ज गर्दै चलाउने बानी छ भने आजैदेखि यस्तो बानी त्याग्नोस् । सबैभन्दा खराब यो बानीले तपाईको ज्यानै पनि लिन सक्छ ।

चार्ज लाउँदै बोल्न नहुने – मोबाइललाई चार्जमा लगाउँदै फोनमा बोल्ने तपाई हाम्रो बानी छ भने त्यो पनि खराब नै हो । चार्ज गरिरहेका बेला नै मोबाइलमा बोलिदा अधिक सक्रिय अवस्थामा रहेका इलेक्ट्रो म्याग्नोटिक्स वेभबाट निस्कने रे अर्थात विकिरणले मानव शरीरलाई घात गर्छ ।

मोबाइल चलाउँदै चार्ज गर्दा विद्युत सर्ट हुने खतरा बढी हुन्छ । यसले तपाईको मोबाइल पड्किएर तपाईको ज्यान पनि लिन सक्छ । नेपालमा नै मोवाइल पड्किएका घटना पनि सम्भवतः तपाईले सुन्नु भएकै होला ।