२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न-अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिङ्गै सदनलाई झुक्याउने गरी ‘कुलिङ पिरियड’ तोडमोड गर्नेलाई छुट दिन नहुने बताउनुभएको छ ।

आज नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्यसमिति, महालेखा परीक्षकको कार्यालयले आयोजना गरेको नवौँ विभागीय अधिवेशन तथा नवनियुक्त, पदोन्नति प्राप्त कर्मचारीलाई स्वागत, अवकाश प्राप्त कर्मचारीलाई बिदाई एवं सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एउटा समितिबाट पारित भइसकेको कुलिङ पिरियडको व्यवस्था सिङ्गै सदन झुक्याउने गरी अर्को आउँछ भने त्यो भन्दा ठूलो धोका अरु के हुन्छ ? भोलिका दिनमा कसैले देशलाई नै खतरा हुने गरी संशोधन गरे त्यसको जवाफदेही को हुन्छ ?”

नेता केसीले निजामती सेवा ऐनलाई परिर्वतन गरी प्रशासनिक सेवा, नागरिक सेवालगायत राख्नुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यो विषय अहिले राष्ट्रियसभामा पुगिसकेको छ । हाम्रो हातमा पनि छैन । तर मेरो विचारमा निजामती सेवा ऐन परिर्वतन गर्न जरुरी छ ।” रासस