२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे



अ+ अ-

काठमाडौँ ।  नेकपा (एमाले)का सांसद ठाकुर गैरेले मानव बेचबिखन नियन्त्रणका लागि कानून निर्माण मात्रै पर्याप्त नहुने भन्दै कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद गैरेले समस्या समाधानको लागि गहिरो बहस र संरचनात्मक परिवर्तन आवश्यक रहेको धारणा राख्नु भएको हो । उहाँले नागरिकहरु मानव बेचबिखनमा पर्नुको कारणहरु बेरोजगारी, अशिक्षा र गरिबी रहेको उल्लेख गर्दै यी समस्याहरुको सम्बोधन नगरिकन समस्या समाधान नहुने बताउनु भयो । सांसद गैरेले शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी विकासका क्षेत्रमा विजय हासिल गर्न सामूहि प्रतिवद्धता आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो विधेयक पास गरेर कानूनको रुपमा लागु गरेपछि मानव बेचबिखन स्वतः नियन्त्रण हुने कुरा होइन । यसको कार्यान्वयनमा सरकार र सरकारी संयन्त्रणले  गम्भीर हुनुपर्ने हुन्छ । दोस्रो, मानव बेचबिखनकिन भइरहेका छन् ? भन्ने कुरामा बहस नगरिकन त्यसको समाधान गर्न सकिदैन । बेरोजगारी, अशिक्षा, गरिबीले मानिसलाई यस्ता कुरामा सहभागि हुन बाध्य पारिरहेको कुराहरुलाई नजरअन्दाज गर्न मिल्दैन । यसको लागि विकास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयहरुमा हामीले विजय हासिल गर्नुपर्दछ । यसप्रति हामीले सामूहिक प्रतिवद्धता नगरिकन केवल कानून बनाएर मात्र हामी सही ठाउँमा पुग्दैनौंतर्फ हामी सचेत हुनुपर्छ ।’

उहाँले मानव बेचबिखनमा परेका नागरिकहरुको सामजमा पुनःस्थापना, राहत र उद्धार लगायतका व्यवस्था समावेश गरेर विधेयकलाई समृद्ध बनाउन जरुरी रहेको बताउनु भयो ।