२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि सम्बन्धी विधेयक मन्त्रीपरिषद्लाई केन्द्रित गर्नेगरी आयोः हितराज पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ एकीकृत नभएको आरोप लगाउनुभएको छ ।

आईतवारको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भूमिसम्बन्धी ऐन धेरै पुरानो भएकाले नयाँ बनाउन खोजिएको तर एकीकृत हुन नसकेको बताउनु भयो । यस सम्बन्धी विगतमा भएका छलफलहरु पनि समेटेर एकीकृत बनाइ ल्याउनुपर्ने बताउनु भयो । विधेयकको संशोधन मन्त्रीपरिषद्लाई केन्द्रित गर्नेगरी आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भूमिसम्बन्धी जुन ऐन छ, यो ऐन एकदमै पुरानो हो । धेरै पुरानो भएका कारणले र धेरै पटक संशोधन भएका कारणले सरकारसँग के आग्रह गर्दछु भने यो ऐनलाई व्यवस्थित गर्नको लागि धेरै पटक संशोधन भएर विषयवस्तु राखिएका छन् । एकीकृत बनाएर भूमिसम्बन्धी ऐन आउनुपर्छ । यो विधेयकमा तीन चार वटा विषयहरुमा केन्द्रित भएर हेरिनुपर्छ । विधेयकको जुन संशोधन आएको छ । त्यसमा अलि नेपाल सरकार मन्त्रीपरिषद्लाई केन्द्रित गर्नेगरी आएको छ । त्यो बारेमा ऐनमा ख्याल गरिनुपर्छ ।’

प्रमुख सचेतक पाण्डेले भूमि विधेयकमा जग्गा सम्बन्धी विषयवस्तुमा आफ्नो फरक धारणा रहेको बताउनु भयो । जग्गा लिँदा एउटा विषय भनेर लिने तर पछि निजी स्वार्थमा प्रयोग गर्ने गरेको पाइएको बताउनु भयो ।