२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य



अ+ अ-

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने ऐतिहासिक खड्गभवानी कोत आन्तरिक पर्यटकहरुको गन्तव्य बनेको छ । गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्व विभागको आर्थिक लगानीमा कोत परिसरमा पूर्वाधार निर्माण भएपछि ६०० वर्ष पुरानो ऐतिहासिकस्थल खड्गभवानी कोतमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको हो ।

खड्गभवानी कोतमा मन्दिर, पदमार्ग, तारबार, पटाङ्गिनीलगायत पूर्वाधारहरु निर्माण भएका छन् । गण्डकी प्रदेश सरकारको रु १५ लाख, बेनी नगरपालिकाको रु ७५ लाख, पुरातत्व विभागको रु १० लाख र अन्य निकायको रु १२ लाख गरी यहाँ रु एक करोड १० लाख बढी लगानीमा धार्मिक र पर्यटकीय महत्वको पूर्वाधार निर्माण भएका छन् ।

त्यसैगरी सापकोटा बन्धुहरुले करिब रु २४ लाखको लगानीमा दुर्गा भगवती मन्दिर निर्माण गरेका छन् भने बगाले थापाहरुले दुर्गा मन्दिर र खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिले गणेश मन्दिर निर्माण गरेका खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीले जानकारी दिनुभएको छ ।

कोत परिसरको पटाङगिनीमा स्लेट ढुङ्गा विछ्याएर चिटिक्क पारिएको छ । चारैतिर धुपि र सल्लाका रुखको हरियाली र उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खलाहरुले यहाँ पुग्ने जो कोहीलाई आकर्षित गर्ने बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । यहाँबाट दक्षिणतर्फ बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।

विसं १२४६ देखि १५४५ सम्म थापा खलकले राज्य गरेका ज्यामरुककोटमा तत्कालीन पर्वत राज्यको विस्तारसँगै पर्वत राज्यका शक्तिशाली राजा दिलिपवम ९डिम्ब० मल्लका सन्तान भर्दिवम मल्लको समयमा सामरिक क्षेत्र बनेको इतिहासमा उल्लेख छ । कूल ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै आकर्षणका रूपमा रहेका छन् ।

बेनी नगरपालिकाको रु पाँच लाख र वडा कार्यालयको रु दुई लाख विनियोजित बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, दुई मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने ठाउँको मर्मत गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले जानकारी दिनुयो ।

“ऐतिहासिक स्थलको पूर्वाधारलाई सुरक्षित गरी धार्मिक र पर्यटकीयस्थल बनाउने उद्देश्य अनुरुप काम गरिरहेका छौँ”, वडाअध्यक्ष कार्कीले भन्नुभयो, “गौश्वारमा निर्माणाधीन गोबद्र्धन धाम र पञ्चकोट धामको सामुन्नेमा रहेको ऐतिहासिक खड्गभवानी कोतलाई धार्मिक पर्यटकीय धाम बनाउने योजनासहित काम भइरहेको छ”, अध्यक्ष कार्कीले भन्नुभयो । रासस