२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुली घटनाः रामेछापमा देखियो मोबाइलको अन्तिम लोकेशन



अ+ अ-

काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना बेपत्ता भएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पामा बस्दै आएका १६ जना बेपत्ता भएका हुन् ।

उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएका थिए । बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन् ।

प्रहरीले टेलिफोन ट्र्याकिङ गर्दा मोबाइलको अन्तिम लोकेशन रामेछापमा देखाएको बताइन्छ ।

प्रहरीले उनीहरूको नाता, सम्बन्ध भएको सबै ठाउँमा खोजी कार्य गरिरहेको छ ।

उनीहरूको घरको पालीमा खरको छानाले बनाएको भान्सामा १–२ दिन पहिले नै आगलागी भएको देखिएको तर घरको अन्य भागमा क्षति नभएको प्रहरी बताउँछ ।

स्थानीयका अनुसार घरमा रहेका पशुचौपाया सुरक्षित नै रहेका छन् ।