२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती कांग्रेस संसदीय दलको बैठक जारी, अविश्वास प्रस्ताव पढेर सुनाइयो



अ+ अ-

हेटौंडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ ।

निर्धारित समयभन्दा डेढ घण्डा ढिलो गरी सुरू भएको बैठकमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता बहादुर सिंह लामाविरूद्धको अविश्वासको प्रस्तावका बारेमा छलफल भईरहेको छ ।

बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको समेत उपस्थिति रहेको छ । बैठकको सुरुमा केन्द्रीय प्रतिनिधि पठाइएको पठाइएको पत्र पढेर सुनाइएको थियो ।

त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । बैठकमा उक्त प्रस्तावको पक्ष र र विपक्षमा मतविभाजन गरी निष्कर्ष निकालिने छ ।

यसअघि ९ साउनमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । २१ जनामध्ये सांसद माया श्रेष्ठ र मिना पराजुलीले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् ।

बागमतीमा कांग्रेस सांसद ३७ जना रहेका छन् । जसमा संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक छ ।




भर्खरै