काठमाडौ । नेपाल सरकारले सबै खालका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । यसअघि सरकारले अपांगता भएका तथा एकल महिलालाई दिएको सामाजिक सुरक्षा भत्तामा कटौती गर्ने भएको भन्दै व्यापक विरोध भएको थियो । तर आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सामाजिक सुरक्षाका क्षेत्रमा दिइँदै आएको उक्त भत्तालाई निरन्तरता दिएको बताएका हुन् । त्यसका लागि सरकारले यो बर्ष ६७ अर्व ५० करोड रकम छुट्याएको छ ।
त्यस्तै ७० वर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई १ लाख निःशुल्क बीमा थप गर्दै ६ लाखलाई समेट्ने योजना पनि सरकारले ल्याएको उनले बजेट भाषणमा जनाए ।












