२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय खेलाडीलाई पराजित गर्दै नेपालका रविन्द्र म्याट्रिक्स फाइट नाइट च्याम्पियन



अ+ अ-

काठमाडौँ । भारतीय खेलाडीलाई पराजित गर्दै नेपाल (बझाङ)का रविन्द्र ढाँटले म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७) को उपाधि जितेका छन् ।

भारतमा नोएडामा भएको प्रतियोगितामा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै नेपालका ढाँट बान्टमवेट च्याम्पियन बनेका हुन् ।

नेपालबाट एमएफएनको च्याम्पियन बन्ने रविन्द्र पहिलो नेपाली फाइटर हुन् । आक्रमक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आर्ट्स (एमएमए)मा ढाँटले तेस्रो राउन्डमा भारतका कोरियनलाई पराजित गर्दै उपाधि जिते ।

रेफ्रीले तेस्रो राउन्डमा रविन्द्रले प्रहार गरेको लगातारको प्रहारले कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै रविन्द्रलाई टिकेओद्वारा विजेता घोषित गरे ।

यो जितसँगै रविन्द्रको प्रफेसनल रेकर्ड ८–१ पुगेको छ । उनले भारतीय च्याम्पियन रहेका कोरेनको लगातारको पाँच पटकको विजेता जर्नीमा पुर्णविराम लगाइदिए ।




भर्खरै