२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुलिङ अफ पिरियड’ हटाउने कार्यमा संलग्नहरूको नाम किटान गरी छानविन प्रतिवेदन आओस्ः सांसद ज्वाला



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले संघीय निजामति सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउने प्रक्रियामा सहभागि व्यक्ति र कारबाही स्पष्ट रुपमा उल्लेख गरेर प्रतिवेदन ल्याउन छानविन समितिसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद ज्वालाले यस्तो माग गर्नुभएको हो । उहाँले  राजनीतिक र प्रशासनिक हस्तक्षेपका कारण कुलिङ अफ पिरियडको व्यवस्थामा छलछाम गरिएको समेत टिप्पणी गर्नुभयो ।

उहाँले संसदको गरिमा रक्षा गर्न यस्तो हस्तक्षेपका दोषीहरूलाई किटान गरेर छानविन प्रतिवेदन आउनुपर्ने बताउनु भयो । उहाँले आठ अर्बभन्दा बढी मूल्यमा पासपोर्ट छपाइको ठेक्का टुक्राएर सेटिङमार्फत दिन खोजिएको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले उक्त ठेक्का रद्ध गरी पारदर्शी रुपमा नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको गरिमाको लागि पनि सत्ता र राजनीतिक, प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षेपका बाबजुद संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर आओस् भन्ने कुरामा म जोडदार माग गर्दछु । आठ अर्बभन्दा बढी पासपोर्ट छपाईको ठेक्का टुक्र्याएर सेटिङमा दिनेगरी घप्लाबाजी गरेकोले उक्त ठेक्का खारेज गरि नयाँ ठेक्का प्रक्रिया अगाडि बढाइयोस् । प्रहरी र सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान खरिदको विषयमा पनि मिलोमतो भइरहेको छ । सो ठेक्का पनि खारेज गरी पारदर्शी तरिकाले गरियोस् ।’

उहाँले प्रहरी र सशस्त्र प्रहरीको बन्दोबस्ती सामग्री खरिदमा पनि मिलोमतो भएको आरोप लगाउनु भयो ।